+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-4LQ6EU
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण दक्षिणी हुम्लाको सर्केगार्ड गाउँपालिका-१ र ४ मा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । नम्बर प्लेट नभएका र बिना लाइसेन्सका चालकले सञ्चालन गर्दैआएको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएपछि लामो समयसम्म फिर्ता लिन कोही नआए पछि कवाडीमा परिणत हुन लागेका हुन् । मोटरसाइकलहरू प्रहरीले नियन्त्रणमा लिएको एक वर्षभन्दा बढी समय भएपछि कोही पनि लिन नआउँदा कवाडीमा परिणत हुन थालेको हुँदा ध्यानाकर्षणका लागी यो गुनासो टिपाइएको छ । बिना लाइसेन्स, बिना नम्बर प्लेटका मोटरसाइकल चलाएको पाइएपछि एक वर्ष अगाडी सलीसल्लादेखि बालुकुना, तुम्च क्षेत्रबाट छ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूले पठाओका रूपमा दक्षिणी क्षेत्रमा चर्को भाडा लिएर यात्रुहरू बोक्न प्रयोग गरिन्थ्यो । र, अहिले मोटरसाइकल कवाडी बन्दै गएको हुँदा कानुनसम्मत लिलामी गर्ने की सम्बन्धि धनीलाई खोजेर हस्तान्तरण गर्ने हो ? उक्त कार्य तत्कालै अघि बढाउनुपर्ने देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल