+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-3XA8V6
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतको छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक निर्माण अलपत्र परेको हो । गुर्भाकोट नगरपालिका–१, ५ र ६ सहित भेरीगङ्गा नगरपालिकाको वडा नं. ६, ७, १० र १२ छुने गरी सडक निर्माणको काम थालिएको थियो । सडक निर्माण सुरु गरिएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको जिम्मा पाएको कन्काई/गणपति जेभीले काम नगर्दा सडक अलपत्र परेको हो । सडक डिभिजन कार्यालय सुर्खेतले २०७९ साल वैशाख २ गते कन्काई/गणपति जेभीसँग सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौता पछि नै निर्माण कम्पनीले काममा आलटाल गरिरहेको छ । २०८१ साल असोजसम्म सडक निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ तर सडक निर्माण सुरु भएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । साँढे नौ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । २० करोड ९० लाखमा कन्काई/गणपति जेभी सँग सडक निर्माणको ठेक्का सम्झौता गरिएको छ । पर्खाल निर्माण, कल्भर्ट निर्माण र कालोपत्रेसम्मका काम गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणको काम हुन नसकेको हो । सात महिनादेखि सडक निर्माणको काम अघि बढेको छैन । पटक पटक काम अघि बढाउन ताकेता गरिए पनि निर्माण कम्पनीले काम अघि नबढाएको पाइएको हुँदा ध्यानाकर्षण गरी पाउँ । निर्माण कम्पनी लाचार बन्दा सडक निर्माण कार्य अलपत्र परेको देखिन्छ। सम्झौता भएदेखि नै सडक निर्माणको काम अघि बढ्न सकेको छैन । सडक निर्माणको कामले गति नलिँदा स्थानीयले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नु परेको छ । पर्याप्त बजेट र काम गर्ने वातावरण हुँदाहुँदै पनि निर्माण व्यवसायीले काम नगरेको स्पष्ट रूपमा देख्न सकिन्छ । काममा बेवास्ता र मनोमानी गर्ने ठेकेदारल ाई ताकिता र फोन गर्दागर्दै आजित बनिसकेको छ । नगरपालिकामा आधा दर्जन ठुला योजना अलपत्र परेकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्नुपर्ने देखिन्छ । सडक डिभिजन कार्यालय सुर्खेतले काम अलपत्र पारेपछि निर्माण कम्पनीलाई पटक पटक पत्राचार गरे पनि अवस्था २० को १९ भएको छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सडक डिभिजन कार्यालय, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल