| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-0UCZNK | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगु जिल्लामा सडक धेरै खनिए तर अहिलेसम्म सडक कालोपत्र भएको छैन । २०६९ साल पुस १ गते मुगु जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । राष्ट्रिय सडक सञ्जालमा जोडिएको १२ वर्ष बिते पनि जिल्लामा एक मिटर सडक कालोपत्र भएको छैन । स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले जिल्लादेखि गाउँसम्म डोजर लगाएर सडक खन्न होडबाजी गरेको भएपनि कालोपत्रेको लागि कुनै पहल भएको छैन । मुगुमा अहिलेसम्म एक मिटर सडक पनि कालोपत्र छैन,’ । सडक कालोपत्रे नहुँदा जोखिम मोलेर सवारी साधन चलाउन र चढ्न बाध्य छन् । मुगुमा निर्माण भएका कच्ची सडकमा सवारीसाधन दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाइसकेका छन् भने दुई दर्जन भन्दा बढी सवारीसाधन दुर्घटनामा परेर काम नलाग्ने भएका छन् । बर्खामा हिलाम्य र हिउँदमा धूलाम्य हुँदा यात्रु लाई आउजाउ गर्न सास्ती भएको छ । गमगढीदेखि कालिकोट नाग्मासम्म ९४ किलोमिटर सडक निर्माण भएको १२ वर्ष भएपनि कालोपत्र नहुँदा जोखिम मोलेरै सवारीसाधन गुड्ने गरेका छन् । मुगु विमानस्थल ताल्चा जोडने गमगढी ताल्चासम्मको ९ किलोमिटर सडक पनि कालोपत्र छैन । पर्यटकदेखि कर्मचारी, सर्वसाधारण बढी आवतजावत गर्ने उक्त सडक कच्ची हुँदा धुलो उडाउँदै सवारी चल्ने गरेका छन् । गमगढी-तारापानी-सोरुकोटसम्मको ४१ किलो मिटर सडक निर्माण भएको ८ वर्षसम्म कालोपत्र भएको छैन । गमगढीदेखि छाइलसम्मको १८ किमी सडकको अवस्था पनि बिजोक छ । त्यसैगरी, गमगढीदेखि बालैपिना सडक र खत्याड गम्थादेखि कालाकाँडा हुँदै जुम्ला गाठीज्यूला जोडने ३५ किलोमिटर सडक पनि निर्माण भएको एक दशक बितेपनि कालोपत्र नहुँदा यात्रुले हैरानी खेप्नु परेको छ । | 
| कार्यहरू | तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार,, काठमाण्डौँमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    