तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-U6RS6H |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | निर्माणकार्यमा अनियमितता |
गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा रङ्गशाला निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि असार २४ गतेसम्मको विवरण अनुसार रङ्गशाला निर्माणको अझै १० प्रतिशत काम बाँकी छ । ०७८ मङ्सिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशालाको शिलान्यास गरेका थिए । ३० महिना भित्र अर्थात् ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ०७८ कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको थियो । यद्यपि रङ्गशालाको काम समयमा सम्पन्न हुन सकेन । ०७८ माघ ११ गतेदेखि चैतसम्म लकडाउन घोषणा गरिएको थियो । स्थापनाकालदेखि अहिलेसम्म कर्णाली सरकारबाट भइरहेको एकमात्र गौरवको आयोजना हो । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माण लगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । १० हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रङ्गशालाको फिनिसिङ लगायतका काम गर्न बाँकी नै छन् । सञ्ज्यालका अनुसार अब मेसिनरी काम मात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम पनि बाँकी छन् । यस्तै झ्याल ढोका, बाथरुम फिटिङ गर्नुपर्ने काम पूरा हुन बाँकी नै छ । ०८० असारमा ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको दाबी गरेको खेलकुद विकास परिषद्ले अहिले विभिन्न कारण देखाउँदै ढिलाइ भइरहेको छ । अहिलेसम्म एक अर्ब ४४ करोड बराबरको रकम निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ भने १० हजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका काम पनि सम्पन्न भइसकेका छैनन् । आउटडोर मोडमा बास्केट बल, भलिबल लगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ । यो रङ्गशाला मङ्सिरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी अगाडि बढाइएको थियो । यद्यपि उक्त प्रतियोगिताबारे अहिलेसम्म तयारी भने खासै भइरहेको देखिन्न । |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|