तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-LBK62A |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | हत्या/हिंसा |
गुनासो/उजुरीको संक्षिप्त विवरण | स्वायत्त कर्णाली राज्यको माग गर्दै आन्दोलनमा गोली लागि निधन भएका हरिबहादुर कुँवरको शालिक गोली लागेको ठाउँमा राख्ने निर्णय भएको थियो । यसमा राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको बैठकले समेत शहीदकाे शालिक बजार नजिक गोली लागेको ठाउँमा राख्ने निर्णय गरेका थिए । तर जग्गा पाउन नसकेपछि कुँवरको शालिक निर्माण भए पनि शालिक भने काठमाण्डौमै थन्किएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय अगाडि शालिक राख्ने भने पनि पछि भने स्थान टुङ्गाे नलाग्दा शालिक राख्न सकिएको छैन । १३ लाख रुपैयाँको लागतमा काठमाण्डौमा शालिक बने पनि स्थान टुङ्गाे नलाग्दा सालिक त्यसै थन्किएको छ । प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शीर्ष राजनीतिक दलले शुरुवाती चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश हाे कर्णाली हो । जुम्लासहित माथिल्लो कर्णाली र सुर्खेतसहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछि चार जनाको बलिदानीले सरकारले सातौँ प्रदेश कर्णाली प्रदेशको घोषणा गर्याे । यही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भीर घाइते भइ भदौ ६ गते उपचारको क्रममा काठमाण्डाैकाे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । सुर्खेतमा पनि चर्किएको आन्दोलनमा तीन जनाको ज्यान गएकाे थियो । सरकारले उनीहरुलाई पनि शहीद त घोषणा गरेको छ । तर शहीदकाे बलिदानीको उद्देश्य के हो भन्ने विषयमा ध्यान दिएको पाइदैन । |
कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|