+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2025-KS2B2L
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेश सरकारले ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको कार्यक्रम अलपत्र बनेको छ । प्रदेश सरकारको अभ्यास सुरु भएलगत्तै कर्णालीको पहिलो सरकारले अघि सारेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम तीन वर्षदेखि अलपत्र परेको हो । आर्थिक वर्ष ०७६/०७७ देखि ०७९ असारसम्म ४१ हजार ५९७ जना छोरीको खाता खोलिएको छ । त्यसपछि छोरीहरूको अभिलेख राख्ने काम रोकिएको छ । छोरीमाथि हुने विभेद अन्त्य गर्न, छोरीको पढाइ अवरुद्ध हुन नदिन र बालविवाह अन्त्य गर्ने उद्देश्यसहित ०७६ साउन १ गतेदेखि लागु हुने गरी कार्यक्रम ल्याइएको थियो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ०७६ पुस १ गते कालिकोटको खाँडाचक्र नगरपालिका–१ र २ का दलित समुदायका दुई बालिकाको बैंक खाता खोलेर कार्यक्रमको सुरुवात गरेका थिए । पहिलो आर्थिक वर्ष ०७६/०७७ मा ७ करोड बजेट पालिकाहरूमा पठाइएको थियो । ०७७/०७८ मा १२ करोड ६० लाख र ०७८/०७९ मा १६ करोड रुपैयाँ छोरीहरूको खातामा पठाइसकिएको छ । यस्तै आर्थिक वर्ष ०७९/०८० मा २० करोड र ०८०/०८१ मा २५ करोड बजेट विनियोजन गरिए पनि उक्त रकम भने छोरीहरूको खातामा गएको छैन ।
कार्यहरू
उक्त विषयमा आवश्यक छलफल भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल