तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-80TED8 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन ठप्प भएको छ । Advertisement दुईसातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लागेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत शिक्षक र कर्मचारीहरूसँग संवाद र सहमतिको वातावरण सिर्जना गर्न सकेका छैनन् । लामो समयदेखि काम गरेका शिक्षक तथा कर्मचारीहरुको बढुवा नभएको भन्दै ५८ जना शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कर्मचारीहरुले बढुवा नभएसम्मको लागि कार्यालयमा लागेको ताला नखोल्ने चेतावनी दिएका छन् । Advertisement जबसम्म हातमा बढुवाको नियुक्ति पत्र आउँदैन, तबसम्म ताला नखुल्ने कर्मचारीको अडानका कारण शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ । |
कार्यहरू |
माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि रजिष्टार नृपेन्द्र महत, रेक्टर डा. डबलबहादुर धामी र शैक्षिक तथा प्रशासनिक कक्षमा लगाएको तालासमेत खुलाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|